काठमाडौँ - नेपाली कांग्रेसले बागमती प्रदेश सभा सदस्य नरोत्तम बैद्यलाई आफ्नो अभिव्यक्ती फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । बैद्यले शुक्रबार बागमती प्रदेश सभा बैठकमा विवादास्पद अभिव्यक्ती दिएका थिए ।
शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुका पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न समेत सचेत गराएको जनाएको छ। 'बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षणलगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ' प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।'
आलोचना लोकतान्त्रिक हक भएको तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन नमिल्ने विज्ञप्तीमा उल्लेख छ ।