बुटवल । विहीबार सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा दिएको अन्तरिम आदेशप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिदैं उनले नागरिकता अध्यादेश संविधानले नागरिकता सम्बन्धमा गरेको व्यवस्थासँग हुबहु भएपनि अध्यादेश सर्वोच्चले उल्ट्याएको बताएका हुन् । उनले लेखेका छन्–‘ नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुबहु थियो । त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए । तर, सर्वोच्चले नै उल्टाइदियो ।’
त्यसपछि सर्वोच्चप्रति कटाक्ष गर्दै उनले लेखेका छन्–‘धन्य छौं हामी ।’
सर्वोच्चले अदालतले सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न बिहीबार अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चले संघीय संसदबाट यदि पारित हुन नसकेमा अध्यादेश बमोजिम बितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भन्दै संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाटै नागरिकता वितरणको व्यवस्था मिलाउन उपयुक्त हुने बताएको छ ।