बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गर्दै प्रदेश सभाबाट हटाइएकी सांसद ज्वाला कुमारी साहलाई मन्त्री नियुक्र गनर्ए लागेका छन् ।
अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन् । प्रधानमन्त्री आोलीले मन्त्रिमण्डलमा समावेश गर्न लागेका ज्वालाकुमारी साह कृषि मन्त्री बन्न लागेकी छन् । साह तत्कालीन माओवादीबाट प्रदेश सभा–२ मा सांसद निर्वाचित भएकी थिइन् ।
नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए । अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन् ।