बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबाको डाँडो नकाटिने बताएका छन् ।
बुधबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सिद्धबाबा पहाडमा पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपका कारण भइरहेको मानवीय क्षति रोक्न सुरुङमार्गको अवधारणा ल्याएको भन्दै सिद्धबाबा उत्खननसम्बन्धी खबरमा सत्यता नभएको बताएका हुन् ।
ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रmममा उपप्रधानमन्त्री पौडेलले सिद्धबाबा डाँडो काटेर सडक लैजाने भन्ने प्रस्ताव आएको बताउँदै उनले भने–‘डाँडो सम्याएर बाटो लगौं भन्ने प्रस्तावको सख्त विरोध गर्ने म हुँ ।’
उनले आफ्नो प्रस्तावमा सिद्धबाबा काट्न लागियो भनेर गरिएको प्रचार भ्रामक रहेको स्पष्टिकरण दिए ।
साथै उनले चुरेको सहारामा राजनीति गरेको आरोप लगाए । उनले भने–‘राजनीति गर्ने धेरै विषय छन्, चुरेको सहारा नलिनुहोस्, चुरे संरक्षणको महत्व मलाई राम्रोसँग थाहा छ ।’