काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ । आइतबार बसेर बीचमा २ दिन नबसेको इजलाश आज बस्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ भएपछि इजलास रोकिएको थियो।
आइतबार संवैधानिक इजलास का न्यायाधीशद्वय दीपकुमार कार्की र डा. आनन्दमोहन भट्टराईका सवालमा महान्यायाधिवक्ता रमेश बडालले लगायतका प्रधानमन्त्री पक्षका वकिलले प्रश्न उठाएका थिए । जसका कारण मुल विषयमा सुनुवाइ प्रवेश गर्न पाएको थिएन ।
बुधबार उक्त प्रश्नको छिनाफानो गरी रिटमाथि सुनुवाई हुनेछ । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सामेल छन् ।