बुटवल । लुम्बिनी प्रदेश सरकारले 'म किसान, प्रदेशको शान' भन्ने नारासहित प्रदेशका उत्कृष्ट कृषिकर्मीलाई पुरस्कृत गर्ने भएको छ । आज प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कृषि क्षेत्रमा संलग्न उत्कृष्ट कृषक, कृषि उद्यमी तथा सहकारीलाई मुख्यमन्त्री उत्कृष्ट उद्यमी, कृषी सहकारीलगायतका पुरस्कारले पुरस्कृत गरिने बताएका हुन् ।