काठमाण्डाै - अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन्।
मंगलबारै राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन्। उनको राजीनामापत्र मुख्यसचिव रेग्मीले राष्ट्रपतिसमक्ष बुझाएको शितल निवास स्रोतले जनाएको छ।
राष्ट्रियसभा सदस्यको कार्यकाल सकिए पनि सरकारले उनलाई ६ महिनाको लागि मन्त्री बनाउन चाहेमा बाटो खुलै रहेको छ।
तर ६ महिनाभित्र उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ। सरकारले भने खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गर्ने र अर्थमन्त्रीमा दोहोर्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।