बुटवल । प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी प्रदेशको नीति कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक बर्षमा एक सय एक वटा सडक तथा पुलको निर्माण सम्पन्न हुने बताएका छन् ।
नेपाल सरकारबाट शसर्त अनुदानमा सञ्चालित ३५ वटा सडकपुल र प्रदेश सरकारले निर्माण गर्ने एक सय १९ वटा सडक पुलमध्ये आगामी आर्थिक बर्षमा कम्तीमा एक सय एक वटा सडक पुल निर्माण सम्पन्न गरिने उनले बताएका हुन् ।