बुटवल । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश यातायात गुरुयाेजना तर्जुमा कार्य सम्पन्न गरिने बताएका छन् । लुम्बिनी प्रदेश सभामा नीति कार्यक्रम प्रस्तुत गर्दै उनले कृषि सडक, पर्यटन, पहुँच मार्ग,सीमा क्षेत्रका सडक लगायतका प्रदेश स्तरीय सडक सञ्जालको विकास तथा व्यवस्थापन गरिने बताएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रको वाइपासका लागि बैकल्पिक मार्गका रुपमा निर्माणाधीन धागो कारखाना-चरङ्गे-झुम्सा सडकमा आवश्यक पर्ने सडक पुलहरुको निर्माण गर्ने पनि बताए ।