बुटवल । प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी प्रदेशको नीति कार्यक्रम प्रस्तुत गर्दै आमाबाबु नभएका तथा अति विपन्न बालबालिकाका लागि निशुल्क आवासीय शिक्षा उपलब्ध गराउने बताएका छन् । उनले त्यस्ता बालबालिकाहरुलाई स्थानीय तहसँगको सहकार्यमा सामूदायीक विद्यालयमा निशुल्क आवासीय शिक्षाको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका हुन् ।