बुटवल । उद्योगी तथा व्यवसायी गोविन्द ज्ञवाली नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । एमालेका उपमहासचिव विष्णु पौडेलले मंगलबार ज्ञवालीलाई एमालेमा प्रवेश गराएका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कोषाध्यक्ष र लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष तथा विभिन्न संघ–संस्थामा आबद्ध ज्ञवाली होटल व्यवसाय, ईट्टा उद्योग सञ्चालन गर्दै आएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० निवासी ज्ञवालीको पार्टी प्रवेशसंगै एमाले थप शक्तिशाली भएको पार्टीका केन्द्रीय सदस्य तथा एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले बताए ।