काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठनको विषयमा सरकारसँग लिखित जवाफ मागेको छ ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मन्त्रिपरिषद पुनर्गठनको कारण माग गरेको हो ।
सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको थियो ।