धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ । प्रदेश सभाको मंगलबारको बैठकमा उनले विश्वासको मत पाएका हुन्। प्रदेश सभामा भएको मतदानमा भट्टको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो ।
माओवादी केन्द्रका १३ सँगै एमालेका नेपाल पक्षका १७ जनाले पनि पक्षमै मतदान गरेका थिए । कांग्रेसका १२ जना सदस्य तटस्थ बसेका थिए । एमालेका ओली पक्षका ९ जनाले विपक्षमा मतदान गरेका थिए ।