काठमाडौँ - प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका मुद्दामा आज सुनुवाइ हुँदै छ । यस अघिको संवैधानिक इजलास गठनमा विवाद भएपछि आज नयाँ इजलास गठन हुँदै छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासमा राखेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा विपक्षका तर्फबाट पूर्वमहान्यायाधिवक्तासहित वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि विवाद सुरु भएको थियो । त्यो विवादमा न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास नछोड्ने निर्णय लिएपछि संवैधानिक इजलासबाट वरिष्ठतम न्यायाधीश दीपककुमार श्रेष्ठ र न्यायाधीश डा। आनन्दमोहन भट्टराईले इजलास छोड्ने निर्णय लिएका थिए ।
त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ती मुद्दामा सुनुवाइ गर्न बरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् ।