सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी हुन संसदीय दलको बैठकले दुई सांसलको नाम तोकेको छ ।
संसदीय दलको शनिबार बसेको वैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरी मुख्यमन्त्री शाहीलाई पठाईसकिएको छ। उनीहरुलाई मन्त्री नियुक्त गरेर आइतबार सपथ खुवाउने कार्यक्रम रहेको छ । साथै संसदीय दलले प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुका लागि आचारसंहिता पनि बनाएको छ।