काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको महन्त पक्षलाई सरकारमा सहभागी गराएसँगै नेकपा एमालेबाट विष्णु पौडेल र रघुविर महासेठ पनि उपप्रधानमन्त्री बन्ने भएका छन्।
राजेन्द्र महतो उपप्रधानमन्त्री र बाँकी मन्त्री गरि जसपाबाट १० जना सरकारमा जाँदै छन्। महतोसँगै पौडेल र महासेठ पनि उपप्रधानमन्त्री बन्न लागेका हुन् । हाल उपप्रधानमन्त्री रहेका इश्वर पोखरेल सहित एमालेका केही मन्त्री बाहिरिदै छन्।