काठमाडौँ -जनता समाजवादी पार्टी जसपा को महन्त ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा मन्त्री बन्दै छन्।
महतो उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री हुने भएका छन् । त्यस्तै शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बन्ने छन् ।
यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्रीको सपथ लिँदै छन् । मन्त्री बनेकाहरुको अहिले केही वेरमा सपथ ग्रहण हुँदै छ ।