काठमाडौँ - सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक अर्थात फुलकोर्ट बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सबै फुलकोर्ट बोलाएका हुन्। कोरोना महामारीका बेला रोकिएको अदालतका सेवा कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफल गर्न बैठक बोलाइएको सर्वोच्च प्रशासनले जनाएको छ ।
कोरोना महामारीका बेला संवैधानिक इजलास र बन्दी प्रत्यक्षीकरणबाहेकका सेवामा संकुचन गरेको अवस्थामा सेवा बिस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा संवैधानिक इजलास गठनका सम्बन्धमा पनि छलफल हुने सम्भावना छ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि रोकिएको अवस्थामा बोलाइएको पूर्ण बैठकलाई महत्वका साथ हेरिएको छ । यस अघि प्रधानन्यायाधीश जबराले २३ जेठमा अर्को संवैधानिक इजलास गठन गर्ने बताएका बताएका थिए ।