दाङ–जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यले भोली हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।
राष्ट्रिय सभा उपनिर्वाचनमा कायम भएको प्रदेश सभा तर्फ कायम भएको ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले चार जना प्रदेश सभा सदस्यको नाम पुरक मतदाता नामावलीको रुपमा समावेश गर्ने भएकाले उनिहरुले मतदान गर्न पाउने भएका हुन । सन्तोषकुमार पाण्डे, बिजयबहादुर यादव, सुमन शर्मा रायमाझी, कल्पना पाण्डेले मतदान गर्न पाउने भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुवरले जानकारी दिए ।
मुख्यमन्त्री शंकर पोख्रेलले विस्तार गरेको प्रदेश मन्त्री मन्डलमा समावेश भएपछी जसपा उपेन्द्र यादव पक्षले चार जना प्रदेश सभा सदस्यलाई कारबाही गरेको थियो । कारबाही पश्चात उनिहरुको पद गुमेको सूचना प्रदेश सभाले जारी गरेको थियो । पछी चारै जना प्रदेश सभा सदस्य सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । सर्वाेच्च अदालतले जेठ ३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै प्रदेश सभा सदस्य पद जोगिएको थियो ।
भोली हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट दृगनारायण पाण्डे उम्मेदवार बनेका छन् । प्रदेश सभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना सहित जम्मा ३ सय जना मतदाता छन् ।