काठमाडौँ- प्रतिनिधि सभा विघटनविरूद्ध रिट दर्ता गर्न हस्ताक्षर संकलन गरेका विपक्षी गठबन्धन सोमबार सर्वोच्च अदालत जाने भएका छन् । आइतबार समय अपुग भएकाले सोमवार विहान १० बजे सर्वोच्चमा रिट दायर गर्न जाने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए।
शुक्रवार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएपछि त्यस विरुद्ध कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले सांसदहरुको हस्ताक्षर सहित सवोच्च अदालतनमा रिट दायर गर्ने तयारी गरेका छन्।
त्यसको लागि दलहरुले आज सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकतालगायत तयार गर्ने काम भइरहेको र भोली सशरीर उपस्थित भएर अदालत जाने बताए ।
रिटमा धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ । त्यस्तै प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको लेखकले बताए ।