काठमाडौँ - प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतनमा रिट दायर गर्नको लागि विपक्षी दलहरुले सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र जनमोर्चाका सांसदहरुले सिंहदरबारमा जम्मा भएर आ आफ्नो हस्ताक्षर बुझाएका छन् ।
प्रतिनिधि सभा विघटनिवरुद्ध संकलन भएका हस्ताक्षरसहित विपक्षी गठबन्धनले आजै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको छ । गत शुक्रबार यी दलका १४९ सांसदले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई बनाउन माग दाबीसहित हस्ताक्षर गरेका थिए।
सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा संसद् विघटन गरेकी थिइन् । त्यस विरुद्ध राजनीतिक र कानूनी लडाइ लड्ने विपक्षी गठबन्धनले निर्णय गरेका थिए।