काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाब्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि प्रतिक्रिया दिँदै शर्माले महामारीबाट जुधिरहेका जनतालाई मध्यावधिको निर्मम उपाहार दिइएको तर्क गरेका छन्। सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले संविधानको समूहिक बतात्कार भएको आरोप समेत लगाएका छन् ।
''बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ १ संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ'' उनले भनेका छन् "महामारीमा मृत्युुसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा।" शर्माले अहिले संविधानमाथि प्रहार गरेपनि अन्तत संविधान पुनर्जिवित हुने उल्लेख गरेका छन् । "तर @PM_Nepal हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ ।"