काठमाडौ - मौन अवधि सुरु भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलील राष्टिय सभा सदस्यका उमेद्वार गृहमन्त्री रामहादुर थापा बादलका लागि मत मागेका छन्। वागमती प्रदेशमा विहिवार राष्ट्रिय सभाको निर्वाचन हुँदै छ ।
निर्वाचनको लागि मंगलबार राती १२ बजेबाट मौन अवधि सुरु भइसकेको छ । बुधबार एमालेको तर्फबाट उमेद्वार बनेका बादलका लागि प्रधानमन्त्री ओलीले अपिल जारी गरि भोट मागेका हुन् ।
ओलीले भनेका छन् ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु।’