दाङ-लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनमा नेकपा एमाले एक्लै र नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय जनमाेर्चा, जनता समाजवादी पार्टी(उपेन्द्र पक्ष)काे गठवन्धन चुनावी मैदानमा उत्रिएका छन ।
नेकपा एमालेकाे तर्फबाट चन्द्रबहादुर खड्काले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन । नेकपा माओवादी (केन्द्र)काे पक्षबाट चार बर्षे कार्यकालका लागि राष्ट्रिय सभा सदस्य बनेका खड्का नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई पार्टिले कारबाही गरेकाे थियाे । राष्ट्रिय सभा सदस्यकाे पद रिक्त भएपछी अहिले निर्वाचन गर्न थालिएको हाे । खड्का मालारानी-५ अर्घाखाँची निवासी हुन । अहिले उनलाई नेकपा एमालेले जिल्ला इञ्चार्जकाे जिम्मेवारी दिएकाे छ ।
दृगनारायण पाण्डे नेपाली कांग्रेस, नेकपा माअाेवादी केन्द्र, जसपा (उपेन्द्र पक्षधर) र राष्ट्रिय जनमाेर्चाकाे गठवन्धनबाट राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बनेका हुन । लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा एमालेकाे तर्फबाट निर्वाचित भएका हुन । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी नेपाली कांग्रेस पार्टीमा थिए ।
चुनाव लड्न एमाले बनेका पाण्डे अहिले राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बनाइने भएपछी लुम्बिनी प्रदेश सभा सदस्य पदबाट राजिनामा गरेका थिए । राजिनामा लगत्तै उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । उनकाे घर कपिलवस्तु जिल्लामा पर्छ ।
राष्ट्रिय सभा सदस्यकाे निर्वाचनमा मतभार प्रदेशकाे १ बराबर ४८ र स्थानीय तहकाे १ बराबर १८ हाे । राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता हुन । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माअाेवादी(केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमाेर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन ।
लुम्बिनी प्रदेश सभामा नेकपा एमाले ४२ जना सांसद हुन । तर, बिमला अाेलीले माअाेवादी केन्द्र राेजेकी छिन भने अम्बरबहादुर डाँगीले राजिनामा दिएका छन । दृगनारायण पाण्डेले पनि प्रदेश सभा सदस्यबाट राजिनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका छन । अहिले एमालेका ३९ जना सांसद छन । नेपाली कांग्रेसका १९, नेकपा माअाेवादी(केन्द्र)का १८, राष्ट्रिय जनमाेर्चा १, राजपा उपेन्द्र पक्षका २ जना सांसद छन ।