काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता सुरु भएको छ । सिंहदरवारमा जारी दुई नेताको छलफलले पार्टीको विवाद समाधानको लागि कार्यदलको टुंगो लगाउने नेताहरुले बताएका छन्।
शुक्रबार साँझ सिंहदरबारमा दोस्रो तहका नेताहरुसहित भएको भेटमा कार्यदल बनाउने सहमती भएको थियो । सो बैठकले विवाद समाधानका लागि कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिएको थियो।
नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।