काठमाडौँ - जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच अहिले वार्ता भइरहेको छ । दुई अध्यक्षबिच पार्टी कार्यालय बालकुमारीमा वार्ता भइरहेको बताइएको छ। वार्तामा पछिल्लो पार्टीमा देखिएको बिवादबारे छलफल भइरहेको छ।
गत सोमबार प्रतिनिधी सभामा भएको विश्वासको मतदान र त्यस यता नयाँ सरकार गठनको विषयलाई लिएर विवाद तिब्र बनेको छ । महन्त ठाकुर पक्षले नयाँ सरकार गठनमा साथ नदिएका कारण केपी ओली सरकारले निरन्तरता पाएको छ। उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले केपी ओलीलाई विस्थापन गर्न चाहेका थिए।
प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत माग्दा उपेन्द्र र बाबुराम पक्षका सांसदले विपक्षमा मतदान गरेका थिए भने महन्त पक्ष तटस्थ बसेको थियो।