काठमाडौँ - नेपाली काँग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ। काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा जारी बैठकमा नयाँ सरकार गठनका बारेमा छलफल भइरहेको छ। बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल गरेका हुन्।
पदाधिकारी बैठकअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । त्यस अघि बिहान देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ ९२० अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समय भित्र दलहरुले बहुमतीय सरकारको दाबी नगरे केपी ओली अल्पमतको प्रधानमन्त्री नियुक्त हुने छन्।