काठमाडौँ - एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफ्ना माग पुरा गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अपरान्ह ४ बजेसम्मको समय दिएको छ । नेपाल खनाल समूहको आज बसेको स्थायी कमिटीको बैठकले दिउसो ४ बजेसम्म आफूहरुको मागमा सहमती नभए सांसदहरुले राजीनामा दिने चेतावनी दिएको छ ।
पार्टीलाई २०७५ जेठ ३ गतेको अवस्थामा फर्काउनुपर्ने सो समूहको माग छ । यस अघी आज केपी ओलीले राखेको स्थायी कमिटिको बैठकले माधव नेपालसहित चार नेताको कारवाही फूकुवा गर्ने निर्णय गरेको थियो । आफूहरुको कारवाही फुकुवा भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउनुपर्ने कुरा मुख्य भएको माधव नेपाल पक्षका नेता भिम रावलले बताए। उनले पार्टी एकता कायम राख्न यही विषयमा सहमती हुनुपर्ने उल्लेख गरे ।
यसअघि नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।