काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक दिउसो देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्। पदाधिकारी बैठकपछि देउवाले नेकपा माओवादी केन्द्र, जसपालगायत दलसँग नयाँ सरकार गठनबारे छलफल गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत गुमाएपछि राष्टपतिले बहुमतीय सरकार गठनका लागि दलहरुलाई आवहान गरेकी थिइन्।