काठमाडौँ- नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्। सोमबार सिंहदरबारमा बसेको नेपाल पक्षिय सांसदहरुको बैठकले विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको हो ।
दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका छन्। नेपाल पक्षको बैठक बसेको हो। यस अघि आइतबार माधवकुमार नेपालले केपि ओलीलाई पत्र लेख्दै विहान ९ बजेसम्म २०७५ जेठ ३ मा नफर्के सामूहिक राजिनामा दिने चेतावनी दिएका थिए। आजको बैठकले सामूहिक राजिनामा नदिने तर मतदानमा अनुपस्थित हुने निर्णय गरेको हो ।