हेटौंडा- वाग्मती प्रदेश अन्तर्गत हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका तर्फबाट बादलले उमेद्वारी दर्ता गराएका हुन्। वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको सर्मथनमा उनले उमेद्वरी दर्ता गराएका हुन्।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ । देवकोटाको प्रस्तावकमा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन्।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ। उसले कृष्णबहादुर तामाङलाई अघि सारेको छ । उनको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन्।