बुटवल । मुख्यमन्त्रीमा पुन: नियुक्ति भएपछी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र राज्पयमन्त्रीलाई मुख्यमन्त्री पोखरेलले पथ तथा गोपनीयताको शपथ खुवाएका छन् ।
आज नियुक्त भएका दुवैजनालाइई मुख्यमन्त्रीले अविश्वासको प्रस्तावको पक्षामा उभिएपछि वैशाख ६ गते एकाएक मन्त्रिमण्डल विस्तार गर्दै दुवैजनालाई साविक मन्त्रालयमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन् ।