बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकारलाई बहिस्कार गर्ने निर्णय गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नजता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा(राजमो)को गठबन्धनले अल्पमतमा परेका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएकोप्रति असन्तुष्टि जनाउँदै पोखरेल नेतृत्वको सरकारलाई बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
गठबन्धनले बुटवलमा आज सोमबार पत्रकार सम्मेलन गर्दै अल्पमतमा परेका शंकर पोखरेललाइ मुख्यमन्त्री नियुक्ति गरेका प्रदेश प्रमुख धर्मानाथ यादवलाई बर्खास्त गर्न पनि माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतमा रहेका मुख्यमन्त्रीलाई स्वीकार गर्न नसकिने बताए । उनले अविश्वासको प्रस्तावलाई टुङ्गोमा पु¥याउन बिशेष अधिवेशनको माग गरे ।
यस्तो छ निर्णयको पूर्ण पाठ: