काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दैछन् । दिउसो साढे ३ बजे कोभिड १९ र समसामयीक विषयमा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
यसअघि आइतबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए। प्रदेशहरुमा पनि सत्ताको रस्साकस्सी चलेको छ ।