बुटवल -सूर्य चिन्ह लिएर चुनाव प्रदेश सांसद भएका कपिलबस्तु क्षेत्र नम्बर २ ख का धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ख का अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेलप्रति आफूहरुको समर्थन रहेको बताएका छन्।
आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केशीले मुख्यमन्त्रीको लागि प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीमा ४२ जनाको हस्ताक्षर रहेको थियो । जसमा श्रीवास्तव र शाहीको पनि हस्ताक्षर थियो ।
सोमबार विज्ञप्ती जारी गर्दै दुई प्रदेश सांसदले केशी नेतृत्वको सरकार गठनको दाबीमा आफूहरुको हस्ताक्षर हुनु बदनियत र त्रुटिपूर्ण रहेको उल्लेख गरेका छन्। 'नेकपा एमाले प्रदेश सभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानूनी र राजनीतिक रुपमा स्वभाविक विषय हो । माननिय कुलप्रसाद केशी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर दाबी गर्नु बदनियत र त्रुटीपूर्ण छ ।' विज्ञप्तीमा उनीहरुले भनेका छन् ।