बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका एक* जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दृगनारायण पाण्डेयले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेकाे सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
यसअघि मुख्यमन्त्रीले एकल बहुमतको सरकार बनाउने भन्दै मुख्यमन्त्रीपदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि सांसद विमला वली (खत्री)ले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि पोखरेलले भनेजस्तो उनको पक्षमा बहुमत पुगेको थिएन । यसका बाबजुद् प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए । यी सांसदले पदबाट राजीनामा दिएपछि पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ ।
* यसअघि अन्यथा भएकोमा फोटो र समाचारमा केही सच्याइएको छ ।