बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तीमा प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा (१) अनुसार नियुक्त गरिएको बताइएको छ ।
यसअघि ३ फागुन २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र)को समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेपााली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा उनीविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेकाे थियाे। उक्त अविश्वास प्रस्तावमाथि आज आह्वान गरिएको बैठकमा छलफल हुने कार्यसूचि रहेकाे भए पनि उनले त्यसअघि नै राजीनामा दिएका थिए।
यस्तो छ विज्ञप्ती: