काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशमा जारी राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। बालुवाटारमा एमालेको आकश्मिक बैठक सकिएलगत्तै ओली शीतल निवास गएका हुन्।
एमाले स्थायी कमिटिले गरेका निर्णयहरु सार्वजनिक भइसकेका छैनन्। आइतबार मध्यान्ह आकस्मिक बसेको स्थायी समिति बैठकमा लुम्बिनी प्रदेशलगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्रीले आजै साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।