बुटवल- नेकपाबाट चुनाब लडेकी विमला कुमारी खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन्।
उनले दल परिवर्तन गरेको पत्र आएको र पत्र दर्ता भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। उनी माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। उनले दाङ ३(२) बाट चुनाब जितेकी थिईन्।
यस्तै विमलाकुमारी खत्रीले प्रेस वक्तव्य जारी गरि आफू माओवादी केन्द्रको लुम्बिनी प्रदेश सभा दलको सदस्य भएको बताएकी छन्। '‘सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई मान्यता नदिइ पुरानै दल कायम गरिएको हुनाले म निर्वाचित भएको दल नरहेको अवस्थामा नेकपा माओवादी केन्द्र दल रोजेको छु ।'' विज्ञप्तीमा उनले भनेकी छन् ।