बुटवल-लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले आइतबार मध्यान्ह १२ बजे देखि अधिवेशनको अन्त्य गरेका हुन ।
आइतबार दिउसो १ बजे प्रदेश सभाको विशेष अधिवेसन बोलाइएको थियो । विशेष अधिवेसनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले दर्ता गरेको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुने तय भएको थियो । तर विहान मुख्यमन्त्री पोखरेलले पदबाट राजिनामा दिएका थिए।