बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । आजै मुख्यमन्त्री पदबाट आजीनामा दिएका पोखरेलको नेतृत्वमा फेरि नयाँ सरकार गठन गर्ने निर्णय गरेको हो ।
आइतबार बिहान बुटवलको एक होटलमा बसेको बैठकले दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।
८१ जना सांसद रहेको लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१ सांसद छन्, जुन एकल बहुमतको सरकार बनाउन सक्ने संख्या हो ।
यससम्बन्धी अन्य समाचार
राजीनामा पछि झनै शक्तिशाली बने शंकर पोखरेल, फेरि बन्दैछन् मुख्यमन्त्री ?
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा