काठमाडाैँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने काम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न भइरहेको बताइएको छ।
कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन सकेको छैन । विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको कांग्रेस नेताहरु बताउँछन् ।
केही दिन अघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो।त्यसबारे नेकपा माओवादी केन्द्र र जसपासँग उसले कुराकानी गरिसकेको छ। माओवादी केन्द्र तयार भए पनि जसपाले निर्णय दिइसकेको छैन।