काठमाडाैँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दै छ । दिउसो १ बजे पेरिसडाँडामा बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको श्रेष्ठको भनाइ छ भनाइ छ ।