काठमाडाैँ- सभामुख अग्नि सापकोटा विरुद्ध मुद्दाको सुनुवाइको लागी संवैधानिक इजलासमा पेसी तोकिएको छ । सापकोटा विरुद्ध कर्तव्य ज्यान मुद्दाको सुनुवाइ बुधबार हुने भएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
सशस्त्र द्वन्द्वको बेला २०६२ साल बैशाख १६ गते काभ्रेका अर्जुन लामाको हत्या भएको थियो । अर्जुनकी श्रीमती पूर्णीमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन्।
सुरुमा प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णीमायाले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लगायत अरु ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता भएको थियो ।