बुटवल-लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल विस्तार गरेका छन्।
पोखरेलले थप गरेका जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई मन्त्रीको रूपमा सपथ ग्रहण गराएका हुन्। सन्तोष भौतिक पूर्वाधार, विजय भूमि व्यवस्था तथा कृषि, कल्पना शिक्षा तथा सामाजिक विकास मन्त्रालयको सपथ लिए। रायमाझी भने राज्यमन्त्री हुन्। राज्यमन्त्रीलाई मुख्यमन्त्रीले सपथ ग्रहण गराए।
सोमबार माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए।
आजै दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षर सहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।