बुटवल- मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रदेश सभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि र दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले मन्त्री थप्न लागेका हुन्।
आज खाली भएका दुई सहित चार मन्त्री थप्न लागिएको बताइएको छ। मन्त्री बन्नेमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका सांसद समेत रहेको श्रोतले बताएको छ। तर मन्त्री बन्नेहरुको नाम भने खुलेको छैन।