बुटवल- नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। २०७४ साल फागुनमा माओवादी केन्द्रको समर्थन सहित एमालेका शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए। माओवादीका तर्फबाट कुलप्रसाद केशी र सुदर्शन बराल मन्त्री बनेका थिए।
२०७५ साल जेठमा २ पार्टी एक भएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पनि मुख्यमन्त्रीलाई माओवादी केन्द्रको समर्थन कायमै थियो। सोमबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। माओवादी केन्द्रबाट मन्त्री भएका केशी र बरालले पदबाट राजिनामा दिएका छन।