बुटवल- लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केशी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजिनामा दिएका छन्। माओवादी केन्द्रबाट मन्त्री भएका उनीहरुले सोमबार राजिनामा दिएका हुन्।
संयुक्त राजिनामा पत्रमा केशी र बरालले मुख्यमन्त्रीसँग हार्दिकताको सम्बन्ध भएपनि प्रधानमन्त्रीबाट कम्युनिष्ट आन्दोलन एकिकरण र जनभावना विपरितका कदम चालेकाले सरकारमा बस्न नमिलेको बताएका छन्।
माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छ। अविश्वासको प्रस्तावसँगै कुलप्रसाद केशीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ।