काठमाडाैँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सोमबार बस्दैछ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठकले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइएकाे छ।