काठमाडाैँ- सरकारले संघिय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफरिस गरेको छ। बालुवाटारमा विहान बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने र बोलाउने संवैधानिक व्यवस्था छ।
जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको एक मन्त्रीले बताए। संसद पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो। अधिवेशन सुरू भए पनि सरकारले विजनेश नदिएको भन्दै प्रभावकारी ढंगले संसद अगाडि बढ्न नसकेको गुनासो थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुनर्स्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएको थियो।